Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एकीकृत समाजवादी कपिलवस्तुको संयोजकमा हमाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 3.3K
    SHARES

बुटवल । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको कपिलवस्तु संयोजकमा लंकाबहादुर हमाल चयन भएका छन् ।

जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाले हमालको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति घोषणा गरेको हो ।शिवराज नगरपालिका चन्द्रौटा निवासी हमाल यसअघि नेकपा एमालेको जिल्ला नेता थिए । भेलाले जिल्लामा रहेका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय इन्चार्ज पनि तोकेको छ ।

क्षेत्र नं. १ मा नेत्रलाल खनाल, २ मा दिनेश श्रेष्ठ र ३ मा ओमप्रकाश कुर्मीलाई क्षेत्रिय इन्चार्ज तोकेको नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।

पार्टीले औपचारिक रुपमा वैधानिकता पाएपछि जिल्ला अधिवेशनमार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीको प्रतिगामी र दक्षिणपन्थी विचलनका कारण तत्कालीन नेकपा र एमाले विभाजित हुन पुगेको भन्दै हमालले माधव नेपालको नेतृत्वमा वृहत समाजवादी केन्द्र निर्माणको दिशामा अघि बढ्ने लक्ष्यसहित नेकपा एकीकृत समाजावादी पार्टीमा आवद्ध भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४