Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 10K
    SHARES

२०७८ भाद्र ६ गते, आइतबार, अगष्ट २२ २०२१।चन्द्रराशि– मकर।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। चिताएकाे काम बन्नेछ र केही लाभांश पनि प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। घर–परिवारमा मेलमिलाप र आत्मीयता बढ्नेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्नेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। तापनि, कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछन्। तर, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। भाेगविलासमा खर्च बढ्नेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले केही लाभ उठाउन सकिनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बाेली–व्यवहारमा भने निकै सावधान रहनुहाेला। आलाेचकहरूले छिद्र खाेतल्ने प्रयास गर्नेछन्।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। तर स्वास्थ्यमा आकस्मिक समस्या देखपापर्न सक्छ। काम बिग्रने डरले सताउनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही लाभांश अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ।

# नेपाली पात्रोबाट साभार गरिएको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४