Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुलमान आएपछि प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुखहरु फेरिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालयका प्रमुखहरुको सरुवा गरेका हुन् ।

घिसिङले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरको निर्देशकमा राजन ढकाललाई जिम्मेवारी दिएका छन् । प्रशारण लाइन आयोजना निर्माणमा अब्बल मानिएका र अहिले बृहत् प्रसारण लाइन आयोजना हेर्ने जिम्मेवारीमा रहेका ढकाललाई त्यहाँ लगिएको हो । त्यहाँ रहेका टेकनाथ तिवारीलाई बृहत प्रसारण लाइन आयोजना ४ सय केभीको प्रमुखमा ल्याइएको छ ।

प्रदेश २ प्रादेशिक कार्यालय जनकपुरको प्रमुखमा मुनिन्द्र ठाकुरलाई लगिएको छ । लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको प्रमुख रहेका ठाकुरलाई सबैभन्दा बढी विद्युत चुहावट भएको प्रदेश नं २ मा लगिएको हो । यसअघिको व्यवस्थापनले त्यहाँ मेकानिकल इन्जिनियरलाई पठाएको भन्दै आलोचना भएको थियो ।

जनकपुर कार्यालयका प्रमुख चन्द्रशेखर चौधरीलाई प्राविधिक सपोर्ट विभागमा सरुवा गरिएको छ । चौधरी प्राधिकरणभित्र विद्युतगृहहरु सञ्चालनमा अब्बल मानिन्छन् । एसियाली विकास बैंकबाट लगानी भएका आयोजना कार्यान्वयन गर्ने आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका नवराज ओझालाई लुम्बिनी प्रादेशिक कार्यालय, बटुवलमा लगिएको छ ।

आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका केदारराज सिलवाललाई गण्डकी प्रादेशिक कार्यालय पोखरामा सरुवा गरिएको छ । त्यहाँ रहेका श्रीराम पोखरेललाई ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

विद्युत चुहावट नियन्त्रण महाशाखमा रहेका जंगबहादुर चन्दलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको प्रमुखमा लगिएको छ । त्यहाँ रहेका जगदिशचन्द्र जोशीलाई कार्यकारी निर्देशकको सचिवालय प्रमुखमा ल्याइएको छ ।

‘आफ्नो कामको नतिजा देखिने र जनताले महसुस गर्ने वितरण तथा ग्राहक सेवाको सुधारमा लाग्नुभएको छ’ घिसिङको टिमका एक कर्मचारीले भने, ‘यसका लागि एक हप्ताभित्रमा सबै शाखा प्रमुखहरुमा नयाँ टिम बनाउने योजना रहेको छ ।’

घिसिङले अब सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखी शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४