Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भावी रणनीति बनाउँदै नेकपा एमालेको ‘तेस्रो धार’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ४ २०७८
  • 9.1K
    SHARES

काठमाडौँ  / पार्टी विभाजनमा कतै पनि नलागेका नेकपा एमालेको तेस्रो धारका नेताहरू भावी रणनीति बनाउन जुटेका छन् । त्यसका लागि उनीहरूले आज शुक्रबार काठमाडौँमा उपलब्ध नेताहरुबीच बैठकको आयोजना गरेका छन् । छलफलमा पहिला माधव नेपाल पक्षमा लागेका तर पार्टी विभाजनपछि कतै पनि नलागेका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू सहभागी हुन लागेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

‘हामी पार्टी एकताको पक्षमा रहेर काम गर्दै आएका नेतालगायत पार्टी फुटमा कतै नलागेका एमालेका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसमेतको सहभागितामा छलफल हुँदैछ,  पाण्डेले भने, ‘छलफलपछि हाम्रो दृष्टिकोण प्रस्ट पार्छौँ ।’ उनले छलफलपछि मात्रै पत्रकार सम्मेलन गर्ने या नगर्ने भन्ने निश्चित हुने बताए ।

विगतमा कार्यदलमा समेत रहेका नौ नेताले बिहीबार राति संयुक्त अपिल जारी गर्दै अध्यक्ष केपी ओलीलाई १० बुँदे कार्यान्वयन गर्न आग्रह गर्नुका साथै १४ नेतालाई गरेको कारबाही फिर्ता गर्न भनेका थिए । साथै माधव नेपाललाई फरक पार्टी गठनको प्रयास छोड्न समेत सुझाव दिएका थिए ।

नौ नेताले जारी गरेको अपीलमा सरकारले पार्टी विभाजनका लागि ल्याएको अध्यादेशको समेत विरोध गरेका थिए । यसरी अपिल जारी गर्नेहरूमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । ओली र नेपाल पक्ष कतै पनि नखुली अझै पार्टी एकताको पहल गरिरहेका छन् । तर उनीहरूले भनेजस्तो ओलीले नमान्ने भएकाले एमालेमा ओली र नेपालपछि तेस्रो धारका रूपमा स्थापित गर्ने उनीहरूको प्रयास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४