Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्वाट्सएपमा गज्जबको फिचर, आफ्नो अनुहारलाई स्क्यान गरेर खोल्नुहोस् च्याट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३ २०७८
  • 4.1K
    SHARES

सर्वाधिक लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपका संसारभरमा अढाई अर्ब प्रयोगकर्ता छन् । आफ्ना दैनिक करोडौँ सक्रिय प्रयोगकर्ताको सुरक्षा र सन्तुष्टिका लागि ह्वाट्सएपले नयाँ नयाँ फिचर ल्याइरहेको हुन्छ ।

ह्वाट्सएपले आफ्नो मेसेजिङ प्लाटर्फममा ल्याएको यस्तै एउटा गज्जबको फिचर छ । यदि यो फिचर सक्रिय बनाउनुभयो भने तपाईंको अनुहार स्क्यान गरेर मात्रै ह्वाट्सएपमा च्याट खुल्नेछ ।

आफ्नो फोनमा रहेका पर्सनल च्याट अरुले नदेखुन् भन्ने चाहना हामी सबैको हुन्छ । आफ्नो मोबाइल कसैलाई दिएको बेलामा ह्वाट्सएपमा रहेका आफ्ना निजी तथा गोप्य च्याट अरुले हेर्छन् कि भन्ने चिन्ता लाग्दछ भने यो फिचरले तपाईंको चिन्ता हटाइदिनेछ । यो फिचरबाट आफ्ना पर्सनल ह्वाट्सएप च्याटहरु यसरी लक गर्न सकिन्छ कि केवल सम्बन्धित प्रयोगकर्ताको अनुहार स्क्यान गरिसकेपछि मात्र ती च्याट खुल्दछन् ।

यद्यपि ह्वाट्सएपको यो फिचर हालका लागि केवल आइफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप्पलको आइओएस ९ भन्दा माथिल्लो अपरेटिंग सिस्टम भएका आइफोनमा यो फिचर उपलब्ध रहेको छ । यसमा एक अतिरिक्त सेक्योरिटी फिचर हुन्छ जसबाट ह्वाट्सएप अनलक गर्नका लागि फेस आइडीको प्रयोग गरिन्छ ।

अनुहारबाट च्याट खोल्ने ह्वाट्सएपको यो फिचर कसरी एक्टिभेट गर्ने ?

  • सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् र Settings मा क्लिक थिच्नुहोस्
  • त्यसपछि Account थिच्नुहोस्
  • त्यो सँगै Screen Lock अप्सनमा ट्याप गर्नुहोस्
  • त्यहाँ Face ID को अप्सन देखिनेछ, त्यसलाई अन गर्नुहोस्
  • अब ह्वाट्सएपमा फेस लक सेक्योरिटी थप हुनेछ । यो सँगै केवल तपाइँको अनुहार स्क्यान गरिसकेपछि मात्र ह्वाट्सएप खुल्नेछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४