Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले समाजवादीमा अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय कमिटी ९५ सदस्यीय, चुनाव चिन्ह पछि राख्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २ २०७८
  • 5.5K
    SHARES

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन । 

नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । 
  • ओली दक्षिणपन्थी भएको ठहर
अध्यक्ष नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाएको निवेदनमा समाजवादी पार्टी दर्ता गर्नुपर्नाको कारण समेत खुलाएका छन् । उनले निवेदनमा भनेका छन्, ‘केपी ओलीले नेतृत्व गरेको समूहभित्र बसेर पार्टीले अङ्गीकार गरेको समाजवादी कार्यदिशाको रक्षा र विकासका लागि काम गर्न सक्ने अवस्था देखिएन ।’
उनले नेकपा एमालेको नेतृत्वमा केपी ओली आएपछि नवौँ महाधिवेशनको राजनीतिक मार्गदर्शन र विधानविपरित पार्टीलाई दक्षिणपन्थी भासमा पुर्‍याएको बताएका छन् ।

‘यसर्थ हामी केन्द्रीय सदस्यहरूको नयाँ राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी (समाजवादी) निर्माण गर्ने निर्णय गर्न बाइ भएका छौ ।’नेपालले भनेका छन् ।

अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य छन्। एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा छैनन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४