Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : निवर्तमान प्रदेश प्रमुख झा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १ २०७८
  • 2.5K
    SHARES

काठमाडौं। प्रदेश-२ को प्रदेश प्रमुखबाट पदमुक्त भएका राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् ।

पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए ।

सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जानुपर्ने उनको भनाइ छ ।

‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छु’ उनले भनेका छन् ।

निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि विश्वास गरेर आफूले निजी सचिवालय पनि नराखेको निवर्तमान प्रदेश प्रमुख अहिराजले बताए । ‘राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ’ उनले भने ।

निवर्तमान प्रदेश प्रमुख अहिराजले नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पूर्ण कार्यकालको सफलताको शुभकामना दिएका छन् ।

प्रदेश प्रमुखको रूपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु’ उनले भनेका छन् ।

निवर्तमान प्रदेश प्रमुख झाले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी नलिने घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४