Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकमा नयाँ फिचर, अब किशोरकिशोरीहरु ढुक्कले सुत्न पाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३१ २०७८
  • 3.4K
    SHARES

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले खासगरी किशोरावस्थाका प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ ।

एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन् ।

त्यस्तै १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्नेछैनन् ।

यसले किशोरावस्थाका प्रयोगकर्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने तथा उनीहरुलाई काम, अध्ययन, आराम तथा निद्रामा केन्द्रित बनाउने अपेक्षा टिकटकको छ ।

साथै टिकटकले आफ्नो डिफल्ट सेटिङमा पनि परिवर्तन गरेको छ । जस अनुसार १६ र १७ वर्षका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेज फिचर डिफल्ट रुपमा निस्क्रिय बनाइरहेको हुन्छ । यदि सो उमेर समूहका प्रयोगकर्ताले डाइरेक्ट मेसेज फिचर पनि चलाउन चाहेमा आफैले उक्त फिचर अन गर्नुपर्दछ ।

यसअघि १६ वर्षसम्मका प्रयोगकर्ताका लागि भने डाइरेक्ट मेसेज फिचर टिकटकले निस्क्रिय बनाइसकेको छ । अब १६ र १७ वर्षका प्रयोगकर्ताले पनि डिएम चलाउन चाहेमा आफैंले अर्को शेयरिङ अप्सनमा स्वीच गर्नुपर्दछ ।

कम उमेरका प्रयोगकर्ताहरुमा सकारात्मक डिजिटल व्यवहारको विकास गर्न चाहेको टिकटकले जनाएको छ ।

अब १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताले टिकटकमा भिडियो पोस्ट गर्न लाग्दा उनीहरुको भिडियो कस कसलाई देखाउने भन्ने कुराको छनोट गर्नुपर्ने हुन्छ । त्यसमा आफ्ना फलोअर्स, केवल साथीहरु मात्र तथा आफैंले मात्र भन्ने विकल्प हुन्छ ।

स्मरण रहोस् अनलाइन अपराधबाट बालबालिकालाई जोगाउनका लागि भन्दै पछिल्लो समय विभिन्न ठूला प्रविधि कम्पनीहरुले नयाँ नयाँ फिचर ल्याइरहेका छन् । गुगलले इमेज सर्च रिजल्टबाट बालबालिकाका तस्वीर हटाउने घोषणा गरिसकेको छ भने आफ्नो युट्युब किड्समा पनि परिवर्तन ल्याउने बताएको छ ।

त्यस्तै एप्पलले प्रयोगकर्ताका डिभाइसमा रहेका बाल यौन दुराचारसम्बन्धी सामग्रीहरु पहिचान गर्ने र हटाइदिने तथा बालबालिकाले अश्लील सामग्रीहरु प्राप्त गरेमा त्यसको जानकारी अभिभावकहरुलाई दिने फिचर सुरु गर्दैछ ।

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४