Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेसी र रोनाल्डो एकै क्लबमा : रोनाल्डोलाई पनि भित्र्याउने पिएसजीको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०७८
  • 7.2K
    SHARES

एजेन्सी । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी विश्व फुटबलका दुई महान् खेलाडीहरु हुन्। यो जोडीको फुटबलमा सबैभन्दा बढी तुलना हुने गर्छ। अर्जेन्टाइन मेसी उत्कृष्ट कि पोर्चुगिज रोनाल्डो भन्नेमा विश्व फुटबल नै दुई ध्रुवमा उभिन्छ।

रोनाल्डोले रियल मड्रिड जोइन गरेपछि यी दुई खेलाडीबीचकोे तुलना शुरु भएको हो। क्याटलन क्लब बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिड विश्व फुटबलका दुई सर्वश्रेष्ठ क्लब हुन्। मेसीले बार्सिलोना र रोनाल्डोले रियलबाट खेल्दै गर्दा दुई खेलाडीको प्रदर्शन र क्लबको प्रतिस्पर्धा यी दुई खेलाडीलाई नै प्रतिस्पर्धी बनाइदिएको हो। यसो त रोनाल्डो स्पेन छाडेर इटाली गए पनि दुई खेलाडीको तुलना भने रोकिएको छैन। हाल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र रोनाल्डो इटालियन क्लब युभेन्टसबाट खेलिरहेका छन्।

विश्व फुटबलप्रेमीहरुको माझमा त्यस्ता दर्शकहरु पनि छन् जो मेसी र रोनाल्डो एकै क्लबबाट खेलुने भन्ने चाहन्छन्। अ बती दर्शकहरुको चाहना पनि पुरा हुने सम्भावना बढेको छ।

मेसीलाई क्लबमा आबद्ध गरेर सनसनी मच्चाएको पिएसजीले फेरि रोनाल्डोलाई ल्याउने तयारी गरेको छ। तर, यो तयारी जारी सिजनका लागि नभएरु अर्को सिजनका लागि हो। पिएसजीले केलियन एमबाप्पेलाई बेचेर रोनाल्डोलाई किन्न लागेको अन्तर्राष्ट्रिय खेल समाचार संस्थाहरुले जानकारी दिएका छन्। उता एमबाप्पेलाई भित्र्याउन रियल मड्रिड इच्छुक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४