Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्वाट्सएपमा ग्रुप नबनाइकन एकै पटकमा २५६ जनालाई यसरी पठाउनुहोस् म्यासेज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । फेसबुक कम्पनीको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप विश्वभर नै निकै लोकप्रिय छ । एक अर्कासँग सम्पर्क कायम गर्नका लागि यो निकै सहज तथा लोकप्रिय माध्यम बनिरहेको छ ।

ह्वाट्सएपले प्रयोगकर्तालाई नयाँ नयाँ फिचरहरु एपमा थप गरिरहेको छ । हामी धेरैले ह्वाट्सएपको प्रयोग त गर्दै आएका छौँ, तर यसमा लुकेका कतिपय ट्रिक्सको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

ह्वाट्सएपमा ग्रुप निर्माण नगरिकनै २ सय ५६ जना सम्मलाई एकैपटकमा मेसेज पठाउने तरिका थाहा छ ?

ह्वाट्सएपले आफ्नो एपमा WhatsApp Broadcast List नामक एक नयाँ तथा निकै कामलाग्ने फिचर दिएको छ । वास्तवमा यो कुनै ग्रुप नभई सूची अर्थात् लिस्ट हो ।

यो सूचीमा तपाइँ एकसाथ २ सय ५६ जना सम्म मानिसहरुलाई थप्न सक्नुहुन्छ । यसका लागि एउटा महत्वपूर्ण शर्त के हो भने तपाइँले लिस्टमा सामेल गर्ने ती फोन नम्बरवाला व्यक्तिहरुले नीहरुको फोनमा पनि तपाइँको नम्बर सेभ गरेको हुनुपर्दछ ।

WhatsApp Broadcast List कसरी तयार गर्ने ?

  •  सबैभन्दा पहिले फोनमा ह्वाट्सएप खोल्नुहोस् र त्यसको माथि दायाँतर्फ देखिने तिन थोप्लावाला मेन्यूमा क्लिक गर्नुहोस् ।
  •  त्यसपछि त्यहाँ तपाइँले New Broadcast को अप्सन देख्नुहुन्छ । त्यसमा थिच्नुहोस् ।
  • New Broadcastमा ट्याप गरिसकेपछि तपाइँले तपाइँको फोनमा सेभ भएका सबै फोन नमबरहरुको सूची देख्नुहुनेछ । तपाइँले जो जो मानिसहरुलाई एकसाथ मेसेज पठाउन चाहनुभएको हो ती फोन नम्बरवाला मानिसलाई मात्र उक्त सूचीका लागि छनोट गर्नुपर्दछ ।
  •  त्यसरी नम्बरहरु छनोट गरिसकेपछि तल देखाइएको निलो टिक चिन्हमा ट्याप गर्नुहोस् र यसो गर्दा तपाइँको लिस्ट तयार हुन्छ ।
  • यसअघि एउटा साझा मेसेज धेरैजनालाई पठाउनु पर्दा एक एक जना गरी पठाउनु पर्दथ्यो वा कुनै ग्रुप बनाएर मात्र पठाउन सकिन्थ्यो । तर यसरी लिस्ट तयार गरिसकेपछि तपाइँले एकसाथ आफुले चाहेका मानिसहरुलाई मेसेज पठाउन सक्नुहुन्छ ।
  • तपाइँले आफ्नो ह्वाट्सएपमा विषयवस्तु अनुसारको एकभन्दा बढि ब्रोडकास्ट लिस्ट पनि बनाउन सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४