Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा उम्मेदवारी दर्ता शुल्क प्रस्ताव : वडा सदस्यको लागि सय रुपैयाँ, केन्द्रीय सभापतिलाई ३० हजार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मका उम्मेदवारको दर्ता शुल्क प्रस्ताव गरिएको छ । १४ औं महाधिवेशनका लागि निर्वाचन समितिले प्रस्ताव गरेको निर्वाचन निर्देशिकामा उम्मेदवारी दर्ता शुल्क निर्धारण गरिएको हो ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्देशिका पेश गरेका हुन् । प्रस्तावित निर्देशिकामा उम्मेदवारका लागि एक सय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । निर्देशिकामा केन्द्रीय सभापतिको उम्मेदवारी दर्ता शुल्क ३० हजार तोकिएको हो । केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्री पदको निर्वाचनका लागि २० हजार र केन्द्रीय सदस्य पदको उम्मेदवारी दर्ताका लागि १० हजार शुल्क प्रस्ताव गरिएको  छ ।

प्रदेश कार्यसमिति अन्तर्गत सभापति पदका लागि उम्मेदवारी शुल्क १५ हजार, जिल्ला सभापतिका लागि १० हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ । यस्तै निर्वाचन निर्देशिकामा प्रतिनिधिसभा क्षेत्रीय सभापति पदका लागि सात हजार, प्रदेशसभा क्षेत्रीय सभापतिका लागि पाँच हजार, महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि पाँच हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ  ।

गाउँपालिका सभापतिको दुई हजार रुपैयाँ र वडा कार्यसमिति सभापतिका लागि पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४