क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण हुँदा विद्यार्थीले देशभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति उत्पन्न हुने र त्यसबाट अनावश्यक झन्झट तथा नेपाली मुद्रा विदेशिने अवस्था सिर्जना हुने विद्यार्थी संगठनको ठहर छ ।
यसैगरी मध्यमपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई बर्खास्त गरी खुला प्रतिस्पर्धाको आधारमा नयाँ उपकुलपति नियुक्त गर्न पनि उनीहरुले माग गरेका छन् । नियुक्तिमा राजनीतिक भागबण्डा गरिएमा त्यो प्रत्युत्पादक हुने र विद्यार्थी आन्दोलनलाई त्यो मान्य नहुने पनि पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।
इन्जियरिङ क्याम्पसहरुमा भएको शुल्कवृद्धि खारेज गर्न, पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन र विदेशी विश्वविद्यालयको सम्बन्धन लिए नेपालमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेकाले त्यसको अनुगमन गरी दोषीलाई कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् ।
यसैगरी सीटीईभीटीको परीक्षा केन्द्र थप गरी प्रवेश परीक्षा सञ्चालन गर्न र त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इन्जिनियरिङ, मेडिकल र वाणिज्य विषयका कोटा थप गर्नुपर्ने पनि पाँच विद्यार्थी संगठनको माग छ ।
हेर्नुहोस् पाँच विद्यार्थी संगठनको विज्ञप्ति
