Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुन फेरि सक्रिय, सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपाल नजिकै सरेकाले सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार मनसुन न्यून चापीय रेखा बुधबार साँझदेखि नेपाल नजिक छ । त्यसैले हाल देशभर बादल लागेको छ र प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

‘मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै सरेकाले मनसुन सक्रिय भएको छ,’ मौसमविद समिर श्रेष्ठले भने, ‘यसको प्रभाव आगामी आइतबार/सोमबारसम्मै रहने देखिन्छ ।’ उनले एकै ठाउँमा लगातार ठूलो पानी पर्ने नभइ फरक-फरक दिन र स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताए । यस्तो क्रम आगामी एक सातासम्मै रहने उनले बताए ।

मौसमविद श्रेष्ठले उदाहरण दिंदै भने, ‘आज राति बागमती प्रदेशका धेरैजसो ठाउँमा र भोलि बिहान सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुनेबारे यसअघि नै विशेष बुलेटिन निकालेर जानकारी गराएको थियो ।

महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसमी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार आगामी चौबिस घण्टाको अवधिमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम समेत रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो वर्षको मनसुनको सुरुवात नै भारी वर्षाबाट भएको थियो । जेठ अन्तिम साता र असार पहिलो सातामा परेको वषर्ाका कारण सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो । यस वर्षको मनसुनमा हालसम्म धेरै क्षति व्यहोर्ने जिल्ला सिन्धुपाल्चोक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४