Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् लुम्बिनीमा आज बन्ने सम्भावित मन्त्रीहरु !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०७८
  • 4.4K
    SHARES

बुटवल । लुम्बिनी प्रदेशमा आज माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) नयाँ मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस र जसपालाई समेत समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै समर्थन गर्ने जनाएको छ ।

आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने गठबन्धनको रणनीति छ । गठबन्धनमा भएको सहमतिअनुसार सुरुको आठ महिना माओवादी केन्द्र संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्नेछन् । त्यसपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने छ ।

मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट एकजना, नेपाली कांग्रेसबाट एकजना र जसपाबाट तीन जनालाई समेटेर मन्त्रीहरुको नियुक्ति र सपथ आजै हुने सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले बताए । ‘कम्तीमा ६ जनाको मन्त्रिमण्डल आजै बन्छ,’ उनले भने, ।

स्रोतका अनुसार माओवादी केन्द्रबाट दाङका दामा शर्मा र इन्द्रजित चौधरीको चर्चा छ । यीबाहेक गुल्मीका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालको सम्भावनासमेत रहेको छ । सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन बिहान ११ बजे माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसबाट पाल्पाका बीरबहादुर राना वा दाङका डिल्लीबहादुर चौधरीमध्ये एकजना मन्त्री बन्ने कांग्रेस संसदीय दलका एक सदस्यले बताए । राना पार्टीमा रामचन्द्र पौडेल पक्षका हुन् भने चौधरी देउवा पक्षका हुन् ।

जनता समाजवादी पार्टीबाट भने तीनैजना मन्त्री बन्ने निश्चित भएको छ । संसदीय दलका नेता कपिलवस्तुका सहसराम यादवको नेतृत्वमा बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा मन्त्री बन्ने छन् । तीनजना मध्ये दुई जना विनाविभागीय मन्त्री बन्ने सहमति भएको छ ।

रायमाझी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन् । उनले असार १८ गते राजीनामा दिएर पार्टीमा फर्केपछि सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई बिहीबार ३ बजेभित्र सरकारमा दाबी पेश गर्न भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४