Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा के देखियो ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २३ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले जन न्युज नेपाल खबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।

आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा भण्डारीको शव भेटिए नजिकै विषको बट्टा पनि बरामद भएको थियो । त्यही खाएर भण्डारीले आत्महत्या गरेको हुनसक्ने आशंका पनि छ । ‘विष खाएको भए, त्यो भिसेरा परीक्षणबाट पुष्टि हुन्छ’ प्रहरी स्रोतले भन्यो, ‘पोष्टमार्टमबाट उनलाई अन्य चोटपटक चाहिं नभएको देखियो ।’

प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएन । शव भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

तर अपहरणको कुनै सकेत नदेखिंदा प्रहरीले भण्डारीको सम्बन्धको विषयमा विश्लेषण गरेर अनुसन्धान गरिरहेको थियो । त्यहीबीच उनको शव भेटिएपछि घटना रहस्यमय बनेको छ ।

घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ । मंगलबार प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा कर्फ्यूसमेत लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४