Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गहुँ र तरकारीलाई यस वर्ष पनि रासायनिक मल अभाव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २३ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । यस वर्ष पनि गहुँ र तरकारी बालीको लागि रासायनिक मल अभाव हुने भएको छ । ठेकदारले तोकेको समयमा रासायनिक मल आपूर्ति नगर्दा उपलब्ध मलले धानलाई मात्रै मुस्किलले पुग्ने अवस्था रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले बताएका छन् ।

दुवै कम्पनीसँग गरेर हाल करिब साढे ४३ हजार मेट्रिकटन युरिया मल मौज्दात छ । ‘यस वर्ष धानको लागि मल आभाव हुन्न हामी जसोतसो पु¥याउँछौं तर गहुँ र तरकारीका लागि मल छैन,’ कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्र कार्कीले जन न्युज नेपाल खबरसँग भने ।

गहुँको लागि मल ल्याउन कृषि सामाग्रीले गरेको बोलपत्रमा ११ पटकसम्म ठेक्का नलागेको र ठेक्का लागेको ६० हजार मेट्रिकटन मल पनि तोकेको समयमा आउन नसकेको सूचना अधिकारी कार्कीले बताए ।

‘ठेक्काको ६० हजार मेट्रिकटन युरिया समयमै आएको भए र थप ठेक्का पनि लागेको भए बल्ल मलको सुनिश्चितता हुन्थ्यो त्यसो हुन सकेन,’ कार्कीले भने ।

गहुँ र तरकारीको लागि मल नपुग्ने कुरा कृषि मन्त्रालयलाई जानकारी गराइएको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए ।

‘मल ल्याउनका लागि अब जीटूजी बाहेकको अरु विकल्प छैन, यो विषय हामीले मन्त्रालयलाई जानकारी गराइसकेका छौं, जीटूजीबाट मल नआए यस वर्ष पनि पोहोरकै जस्तो अवस्था आउँछ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने ।

रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्य र सरकारको मल ल्याउने ठेक्का प्रणाली भन्दा फरक पर्दा मलको आयात प्रभावित भएको भण्डारीले बताए ।

हाल कृषि सामाग्री कम्पनीसँग बंगलादेशबाट आयात गरिएको १९ हजार पाँच सय मेट्रिकटनसहित ३४ हजार पाँच सय मेट्रिकटन युरिया मौज्दात रहेको भण्डारीले बताए । धानमा टप ड्रेसिङ गर्न साउनको पहिलो साताबाट उक्त मल बिक्री गरिने पनि कम्पनीले जनाएको छ ।

यस्तै धानकै लागि हाल्न आइपुग्ने ३० हजार टनको बाँकी खेपको २३ हजार टन पनि साउन भित्रै भित्रिने कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीसँग साढे ९ हजार टन डीएपी मल पनि मौज्दातमा छ ।

यता सरकारको थोरै शेयर लगानी रहेको साल्ट ट्रेडिङले आफूसँग निकै कम मात्रामा मल मौज्दात रहेको बताएको छ । कृषि सामाग्री र साल्टसँग रहेको मलले वर्षायामको माग धान्ने कम्पनीका सूचना अधिकारी कुमारराज भण्डारीले जानकारी दिए ।

उनकाअनुसार कम्पनीसँग अहिले साउन महिनासम्म धानको टप ड्रेसिङका लागि कृषि सामग्री कम्पनी लिमिटेडसँग युरिया र डीएपीको मौज्दात आठ आठ हजार मेट्रिकटन रहेको छ भने तीन हजार पाँच सय मेट्रिकटन पोटास उपलब्ध छ ।

२५ हजार मेट्रिकटन डीएपी र ५० हजार मेट्रकटन युरिया मल एलसीको प्रक्रियामा रहेको पनि राजभण्डारीले बताए । नेपालमा औषत मासिक २० हजार मेट्रिकटन युरिया मलको माग हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

वर्षायामको प्रमुख बाली धानका लागि भने दोब्बर मल माग हुन्छ । गत वर्ष पनि ठेकदारले समयमै मल ल्याउन नसक्दा धान, गहुँ र तरकारीमा हाल्ने रासायनिक मल हाहाकार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४