Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस काठमाडौंको सभापतिमा को-को छन् आकांक्षी ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २३ २०७८
  • 2.9K
    SHARES

  • शेरबहादुर र प्रकाशमानका मतदाता साझा !

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा कांग्रेसको नेतृत्वका लागि आधा दर्जन आकांक्षी देखिएका छन् ।

देशभरकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाका कारण पनि काठमाडौंमा नेताहरूको विशेष चासो हुन्छ । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट २५० भन्दा बढी महाधिवेशन प्रतिनिधि चयन हुन्छन् ।

कांग्रेसको विधानमा एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।

देउवा पक्षबाट तीन जनाको दाबी

काठमाडौं जिल्लाको नेतृत्वका लागि जिल्ला सभापति सबुजकृष्ण बानियाँ, क्षेत्रीय सभापतिद्वय उपेन्द्र कार्की र राजु श्रेष्ठ, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडीको नाम आगाडि आएको छ ।

कार्की, श्रेष्ठ र खड्का सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । अधिकारी र दवाडी काठमाडौं जिल्ला पूर्वसभापति समेत रहेका पूर्वमन्त्री भीमसेन दास प्रधान निकट हुन् ।

काठमाडौंमा कांग्रेस सभापतिका आकांक्षी उपेन्द्र कार्कीले भने– हामी छलफल गरेर एउटा साझा उम्मेदवार बनाउँछौं, जसका नाममा सहमति हुन्छ, सबैले सहयोग गर्छौं । काठमाडौंका सबै सक्रिय कार्यकर्ताको भेला राखेर छलफल गर्ने तयारीमा छौं

काठमाडौं जिल्ला सभापति रहेका बानियाँले फेरि नेतृत्वमा दोहोरिने चाहनासहित नेता कार्यकर्तासँग सल्लाह गरिरहेको बताए । ‘म साथीहरूसँग सल्लाह गरिरहेको छु, अहिले नै निर्णय गरिसकेको छैन,’ बानियाँले भने, ‘सबैसँग छलफल गरेर निर्णयमा पुग्छु ।’

प्रकाशमान निकट नेताले भने काठमाडौंमा बानियाँ नै उम्मेदवार हुने जिकिर गरे । बानियाँले १३ औं महाधिवेशनमा तत्कालीन जिल्ला सभापति भीमसेनदास प्रधानलाई पराजित गरेका थिए । देउवा समूहले बानियाँलाई काठमाडौंमा सहयोग गरेको थियो ।

यसपटक काठमाडौं जिल्लाको नेतृत्वमा संस्थापन समूहबाट तीन जना आकांक्षी देखिएका छन् ।

काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति कार्कीले सभापतिका लागि आफूले तयारी गरेको बताए । उनी १२ औं र १३ औं महाधिवेशनमा देउवा समूहबाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस विभाजन हुँदा देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकको क्षेत्रीय सचिव रहेका कार्की काठमाडौंमा देउवाका पक्षमा खुल्दै आएका नेता हुन् ।

देउवा समूहबाटै काठमाडौं जिल्ला सभापतिमा क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठले आकांक्षा राखेका छन् । १३ औं महाधिवेशनमा श्रेष्ठ नेता सिंह र देउवा दुबै समूहको साझा उम्मेदवार थिए । अहिले उनी देउवाका पक्षमा खुलेका छन् । उनी चार वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी बुढानीलकण्ठ नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

देउवा समूहकै अर्का नेता खड्का तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको काठमाडौं जिल्ला सचिव हुन् ।

संस्थापन समूहबाट साझा उम्मेदवार तय गरिने सभापतिका आकांक्षी कार्कीले बताए । ‘हामी छलफल गरेर एउटा साझा उम्मेदवार बनाउँछौं, जसका नाममा सहमति हुन्छ, सबैले सहयोग गर्छौं,’ उनले भने, ‘काठमाडौंका सबै सक्रिय कार्यकर्ताको भेला राखेर छलफल गर्ने तयारी गरेका छौं ।’

प्रधान समूहका अधिकारी टोखा नगरपालिकाको मेयरमा पराजित भएका हुन् । उनी पार्टीको महासमिति सदस्य हुन् । त्यस्तै गौरी दवाडी काठमाडौं जिल्ला पूर्व उपसभापति हुन् ।

काठमाडौंमा प्रकाशमान कि देउवा ?

काठमाडौंमा अधिकांश मतदाता देउवा र सिंह दुबैसँग नजिक छन् । देउवा र सिंह फरक समूहमा रहेपनि काठमाडौंका मतदाताले महाधिवेशनमा दुबै नेतालाई साथ दिँदै आएका छन् । गणेशमान सिंह पुत्र प्रकाशमानको प्रभाव काठमाडौंमा पाइन्छ ।

लामो समय देउवासँगै रहेका कारण सिंहसँग नजिक रहेका काठमाडौंका नेता कार्यकर्ताको सम्बन्ध देउवासँग पनि रहेको बताइन्छ । १२ औं महाधिवेशन अघि प्रकाशमानले देउवा टीम छोडेका हुन् । काठमाडौं जिल्ला सभापति बानियाँ पनि तत्कालीन कांग्रेस प्रजातान्त्रिकमै थिए । पछि उनले देउवाको टीम छोडेका हुन् ।

काठमाडौंको नेतृत्व चयनमा देउवा समूह निर्णायक मानिन्छ । १२ औं महाधिवेशनमा देउवा समूहको सहयोगमा भीमसेनदास प्रधान सभापति निर्वाचित भएका थिए भने १३ औं महाधिवेशनमा देउवा समूहले प्रकाशमान निकट बानियाँलाई समर्थन गरेको थियो ।

१४ औं महाधिवेशनमा भीमसेनदास प्रधान समूहको सहयोगमा काठमाडौं जिल्ला सभापतिमा दावी गर्ने देउवा समूहको तयारी छ । प्रधान पार्टीमा तेस्रो धारमा रहेपनि सभापति देउवासँग सहकार्य गर्नुपर्ने पक्षमा उभिदै आएका छन् ।

‘यसपटक चाहिं आफ्नै समूहबाट सभापतिमा दावी गर्ने तयारी गरेका छौं,’ देउवा निकट क्षेत्रीय सभापति कार्कीले भने, ‘हामीले अरु समूहसँग पनि छलफल गरिरहेका छौं । विगतमा हामीले अरुलाई सहयोग गरेर सभापतिमा विजयी गराउँदै  आएका थियौं । यसपटक अरुको सहयोगमा हामी लड्छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४