Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुजिता भण्डारी मृत्यु प्रकरण : अवरुद्ध राजमार्ग खुलाउन खोज्दा प्रहरीसँग झडप


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २२ २०७८
  • 2K
    SHARES

चितवन । चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ ।

स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका छन् । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।

अहिले पनि बाटो खुलाउने प्रयास जारी रहेको एसपी अधिकारीले बताए । घटनाको अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अरु सर्वसाधारण नागरिकलाई दुःख नदिन एसपी अधिकारीले अनुरोध गरेका छन् ।

प्रर्दशनकारीहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् । युवाहरुको एक समूहले चौबिसकोठी चोकमा भ्रष्ट प्रशासन चाहिदैन, शान्ति सुरक्षा कायम गर, सुजिताको अत्मालाई शान्ति दे, हामीलाई न्याय दे भन्दै नारावाजी गरेका छन् ।

सो क्रममा केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रहरीले भीडलाई तितरबितर पार्न केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । भिडलाई प्रहरीले तितरवितर गरेर बाटो खुलाउने प्रयास गरेको छ ।

राजमार्ग बन्द हुँदा नारायणगढतर्फ आउने र हेटौंडातर्फ जाने सयौं सवारी साधान रोकिएका छन् । गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको आइतबार दिउँसो ११ दिनपछि सामुदायिक वनमा शव फेला परेको थियो ।

उनको अपहरणपछि हत्या भएको परिवार र स्थानीयको भनाइ छ । उनको शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ । घटनास्थल नजिकै मंगलबार सुजिताले प्रयोग गर्ने मोवाइल पनि भेटिएको छ । मोवाइलमा सिमकार्ड भने नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४