Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर थपिए २,६२२ कोरोना संक्रमित, २३ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २१ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना रहेका छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् । यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा १४५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कहाँ कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ५६२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।

यस्तै झापामा १८८, मोरङमा १२१, चितवनमा १२०, कास्कीमा ११५ र सुनसरीमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा ४९, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३८, रुपन्देहीमा ३२, बागलुङमा ३१ र दाङमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी लमजुङमा २७, गुल्मीमा २४ र नुवाकोट र धादिङमा २३/२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४