Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेयर शाक्यलाई कलाकारको प्रश्न : कलाको शहरमा कलाकै हत्या ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २० २०७८
  • 3.5K
    SHARES

काठमाडौं । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रकला महानगरपालिकाले मेटाएको विरोधमा कलाकारहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै फ्रन्टलाइनरको सम्मान गर्न महानगरपालिकालाई आग्रह गरे ।

दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । तर महानगरपालिकाले उक्त चित्र मेटाइदिएको थियो । त्यसको विरोधमा आइतबार महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउन गएका कलाकारले टोलीले पुन: चित्र कोर्न दिन माग गरेको छ ।

स्वास्थ्यकर्मी लगायत कोरोना महामारी नियन्त्रणका लागि दिनरात लाखौं बिरामीहरुको उपचार गरेकालाई उचित सम्मान र हौसला नभएकोले महामारीमा खटिएकाहलाई उच्च सम्मान प्रकट गरौं भनी सकारात्मक सन्देशमा लिई उक्त स्थानमा पुनः फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको चित्र कोर्न पाउँ भनी अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

वडा कार्यालयसँग अनुमति लिएर चित्रकला बनाए पनि अचानक मेटाउँदा फ्रन्टलाइनर र कलाकर्मीहरुको चित्त दुखेको चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रदर्शनका क्रममा कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या ?’ भन्दै मेयर शाक्यलाई प्रश्नसमेत गरेका छन् ।

  

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४