Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले मार्गप्रशस्त भनेर सरकार बन्ने मार्ग अवरुद्ध पार्नुभो : वरिष्ठ अधिवक्ता न्यौपाने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २० २०७८
  • 2.6K
    SHARES

काठमाडौं । वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सरकार गठन हुने बाटो अवरुद्ध पारेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गर्दै उनले ओलीले मार्गप्रशस्त गर्छु भन्दै झन् सरकार गठनको मार्ग अवरुद्ध पारेको बताए ।

‘७६(३) को प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त भनेर मार्ग अवरुद्ध गर्नुभयो । उहाँले मार्ग अjरुद्ध गर्ने होइन नि,’ उनले भने । धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको बाटो अवरुद्ध गर्न मात्र ओलीले पनि दाबी गरेको उनको जिकिर छ ।

प्रधानन्यायाधीश जबराले गत पुस ५ गतेको संसद विघटनसम्बन्धी मुद्दाको फैसला गर्दा सरकार गठनको सम्भावना हुँदासम्म प्रतिनिधि सभा विघटन नहुने व्याख्या भएको भन्दै अहिले सरकार गठन हुनसक्ने सम्भावना छ कि छैन भनी प्रश्न गरे । उनले नेकपा एमालेका सांसदले साथ नदिई सरकार बन्न सक्ने अवस्था छ कि छैन भनी प्रश्न गरे ।

जवाफमा न्यौपानेले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवले गरेको दाबी वैधानिक भएको बताए । ‘विगतमा जति पनि फैसला भएका छन् वैकल्पिक सरकार गठन भएसम्म विघटन हुँदैन भन्ने त्यसमा ठ्याक्कै मिल्छ यो ?’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४