Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले गरे देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदसँग छलफल, कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १९ २०७८
  • 4.4K
    SHARES

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदसँग छलफल गरेका छन्।

शनिबार छलफलपश्चात सांसदहरूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए।

‘अध्यक्ष ओलीको अवैधानिक बैठकले गरेको निर्णय पनि अवैधानिक नै छ’, उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पार्टी एकता गर्न चाहिरहेका छैनन्। उनी आफैंले पार्टीलाई फुटको बाटो लैजान खोजिरहेका छन्।’

यस्तै अवस्था आयो भने नयाँ पार्टी निर्माणको बाटोमा समेत अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालिएको उनले बताए। यद्यपि आफूहरू अझै पार्टी एकताको लागि नै पहल गर्ने पक्षमा रहेको उनको जिकिर छ। एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिए मृत्युपत्रमा हस्ताक्षर गरेसरह हुने उनको भनाइ छ। ‘एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिनु हुँदैन’, उनले भने,‘त्यो फिर्ता लिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गरेसरह नै हो।’

यसैगरी आजै बसेको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले मुद्दाको फैसला हुँदासम्म  प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज जसको कायम रहन्छ ती नेता/ कार्यकर्ता नहुने उद्घोष गरेका छन्।

उनले भने,‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्।’ ‘त्यसले त कित्ताकाट गरिसक्यो नि’, उनले थप भने।

त्यसैले सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता गर्न उनले निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४