Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिक्डइनमा साइबर हमला, ७० करोड प्रयोगकर्ताका डाटा अनलाइनमा बिक्रि हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १९ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । सोसल नेटवर्किङ साइट लिंक्डइनका साढे ७५ करोड प्रयोगकर्ताका ‘डाटा’ लिक भएका छन् । ती मध्ये करीब ७० करोड प्रयोगकर्ताका निजी डाटाहरु चर्चित ह्याकर फोरम डार्क वेबमा बिक्री भइरहेका छन् ।

गड युजर टोमलाइनर (God User TomLiner) नामक ह्याकरले रेड फोरममा गत २२ जुनमा ७ करोड डाटा बिक्रीमा राखेको हो । ती मध्ये १० लाख प्रयोगकर्ताका डाटा प्रमाणको रुपमा पोस्ट गरिएको छ ।

लिंक्डइनले भने ‘डाटा लिक’ नभएको र नेटवर्क स्क्रयाप गरेर डाटा निकालिएको जनाएको छ । लिंक्डइनका अनुसार यो घटना कम्पनीको प्राइभेसी नीतिको उल्लंघन भएको भन्दै घटनाको जाँच भइरहेको जनाएको छ ।

हालसम्म ह्याकरहरुको बारेमा कुनैपनि जानकारी सार्वजनिक भएको छैन ।

ह्याकरहरुले हात पारेर डार्क वेबमा बिक्री गरिरहेका प्रयोगकर्ताका डाटाहरुमा फोन नम्बर, ठेगाना, लोकेसन, तलब लगायतका निजी जानकारीहरु रहेका छन् ।

गत अप्रिल महिनामा पनि लिंक्डइनका ५० करोड प्रयोगकर्ताका डाटा लिक भएको पुष्टि भएको थियो । त्यसमा प्रयोगकर्ताको मोबाइल नम्बर, नाम, अकाउन्ट आइडी तथा कार्यालय सम्बन्धि जानकारीहरु लिक भएका थिए । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४