Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोले पोल ढल्दा बन्दिपुरमा विद्युत् ,टेलिफोन,इन्टरनेट र खानेपानी सेवा अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १८ २०७८
  • 4.8K
    SHARES

तनहुँ । पर्यटकीयस्थल बन्दिपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ ।

तीन दिनदेखि परेको अबिरल वर्षाले पहिरो जाँदा विद्युत्‌को पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट्याङ्की समेत भत्काइदिएको थियो ।

बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएको छ ।

गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन, इन्टरनेट,विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिए ।

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको उनले बताए ।

करिब रु २० करोडको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ।

अविरल वर्षाका कारण बन्दिपुर–३ तामुङमा दुई जनाले ज्यान गुमाएका र तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४