Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप २,२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १८ २०७८
  • 2K
    SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९/३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सप्तरी र गुल्मीमा ३७/३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४