Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेवि संघको नारा मेट्दै महानगरले भन्यो- चित्र देखाउन आर्ट ग्यालरी छ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १८ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको विरोधी नारा काठमाडौं महानगरपालिकाले मेटेको छ । विहान नेवि संघले ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ नारा लेखेको थियो ।

फ्रन्टलाइनरको सम्मानमा कलाकारले २८ नम्बर वडा कार्यालयबाट अनुमति लिएर बनाएको चित्र मेटेपछि आक्रोशित विद्यार्थीले उक्त नारा लेखेका थिए । तर, उक्त नारा पनि अवैध र अभद्र भएको भन्दै महानगरपालिकाले मेटेको हो ।

२०५८ सालदेखि हामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र भित्ते लेखन, पोष्टर-पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौं,’ काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भने, ‘त्यही बेलादेखि काठमाडौं महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौं । त्यहीअनुसार नै ती अभद्र नारा मेटाएका हौं ।’

२०७० सालमा महानगरलाई ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका गरेको भन्दै सापकाटोले सहरी सौदर्यलाई प्रतिकुल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएको बताए ।

कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको उनले जानकारी दिए।

‘कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उनले भने, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन, हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीतिअनुसार गर्नु नहुने काम भएकाले मेटाएका हौँ ।’

उनले राजनीतिक दल र विभिन्न भ्रातृ संगठनलाई समेत विगतदेखि नै पटक-पटक आग्रह गरेको स्मरण गराउँदै सापकोटाले त्यस्तो कार्य नगर्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४