Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १८ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएको छैन । दिउँसो 2 बजेका लागि बोलाइएको बैठक पाँच बज्दा समेत सुरु भएको छैन ।

शीर्ष नेताहरुसहित पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यलाई पनि बोलाएको बैठकमा नेताहरु पार्टी कार्यालय सानेपामा आन्तरिक छलफलमै छन् ।

क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड नहुँदा समितिको काम प्रभावित भएको छ । असार २० गतेसम्म काम सक्नुपर्ने जिम्मेवारी पाएको समितिले मापदण्ड नहुँदा विवादित जिल्लाका क्रियाशील सदस्यता छानविनको काम अगाडि बढाउन सकेको छैन ।

मापदण्ड बनाउने जिम्मा पार्टी पदाधिकारीलाई दिइएपनि शीर्ष नेताहरुबीच साझा धारणा बन्न नसकेको हो । अहिले पार्टी कार्यालयमा नेताहरु आ–आफ्नो समूहसँग छलफलमा रहेको एक नेताले बताए । नेताहरुबीच अनौपचारिक सहमति जुटेपछि बैठक सुरु हुने ति नेताले बताए ।

आइतबारको पदाधिकारी बैठकमा समिति संयोजक रमेश लेखकले मापदण्डबारे मौखिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि शीर्ष नेताहरुबीच समान धारणा बन्न नसकेपछि थप छलफल गर्ने गरी शुक्रबार बैठक बोलाइएको हो । पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला, पुर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत रहेका छन् ।

क्रियाशील सदस्यता छिटो टुंग्याउनुपर्ने दवावमा कांग्रेस छ । पदाधिकारी बैठकले मापदण्ड टुंग्याए असार मसान्तभित्र सबै जिल्लाको सदस्यता टुंग्याउने समिति सदस्य कल्याण गुरुङले बताए । उनले मापदण्ड नहुँदा गम्भीर विवाद देखिएका करिव २५ जिल्लाको सदस्यताको काम रोकिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४