Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढी पहिरोबाट १८ दिनमा ३२ जनाको मृत्यु, २९ बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १८ २०७८
  • 5.6K
    SHARES

मेलम्ची नदीमा आएको बाढीले तहसनस पारेको बजार ।


 काठमाडौं । जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

यो १९ दिनको अवधिमा २९ जनाको अवस्था अज्ञात छ । यही अवधिमा १६१ परिवार प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।

२०७७ सालमा यही अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।

केन्द्रले मनसुनजन्य विपद्मा परी मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको छ ।

केन्द्रले बिहीबार दिउँसो २ बजेसम्म अद्यावधिक गरेको तथ्यांक अनुसार यस वर्ष जेठ ३१ देखि असार १७ गतेसम्मको अवधिमा ४२ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । डोटीमा चार जना र रोल्पामा तीन जनाको मृत्यु भएको छ । रौतहट, चितवन र तनहुँमा २-२ जनाको मृत्यु भएको छ ।

१४ जिल्लामा एक-एक जनाको मृत्यु भएको छ । पाँचथर, सप्तरी, सिन्धुली,काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक-एक जनाको मृत्यु भएको हो ।

यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । जेठ ३० गते देशभर मनसुन फैलिएको थियो । मनसुन सुरुमै सक्रिय रुपमा भित्रिंदा आएको बाढी र पहिरोले बढी क्षति पुर्‍याएको थियो । यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए ।

अंग्रेजी महीनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महीनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महीनाको अवधिमा सामान्यता १ हजार ५ सय मिलिलिटर पानी पर्छ । तर यस वर्षको मनसुनमा त्योभन्दा पनि बढी पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । बाढी पानी पर्दा बाढी र पहिरोको घटना पनि बढी नै हुने भएकाले यस वर्ष धेरै क्षति हुन सक्ने अनुमान गरिएको छ ।

गत वर्षको सुक्खायाममा लागेको डढेलोले रूखपात र पानी सोस्न सक्ने क्षमता घटाइदिएको र उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापहरु कोभिड-१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती रहेकाले पनि यस वर्षको मनसुनमा बढी जनधनको क्षति हुन सक्ने आँकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउँछन् ।

प्राधिकरणले यस वर्षको मनसुन अवधिमा २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने आँकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४