Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुगल र माइक्रोसफ्टबीचको सम्झौता भङ्ग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १७ २०७८
  • 2.8K
    SHARES

विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म हुने गरेको इतिहास छ ।

त्यस्तो परिप्रेक्ष्यमा सन् २०१५ मा यी दुई कम्पनीबीच एउटा सम्झौतमा हस्ताक्ष्र भयो । जस अनुसार माइक्रोसफ्ट र गुगलले एक अर्काविरुद्ध मुद्दा नहाल्ने सहमति गरे ।

तर अहिले माइक्रोसफ्ट र गुगलले ६ वर्ष अगाडिको उक्त सम्झौता भंग गर्ने निर्णय गरेका छन् ।

यसअघि त्यो सम्झौता गत अप्रिल महीनामा नवीकरण हुने अपेक्षा गरिएको थियो । तथापि दुई कम्पनीले त्यसलाई निरन्तरता नदिने निधो गरेका हुन् । फाइनान्सियल टाइम्समा प्रकाशित रिपोर्ट अनुसार एक अर्काविरुद्ध मुद्दा नहाल्ने उक्त सम्झौताले दुई कम्पनीबीचको सहकार्यका लागि खासै राम्रो भूमिका नखेलेको ठहर गर्दै त्यसलाई नवीकरण नगर्ने निष्कर्षमा माइक्रोसफ्ट र गुगल पुगेका हुन् ।

सन् २०१५ मा उक्त सम्झौतमा हस्ताक्षर हुँदा माइक्रोसफ्ट र गुगल बीच विश्वका विभिन्न अदालतमा झण्डै २० वटा अन्तर्राष्ट्रिय मुद्दा थिए । उक्त सम्झौतासँगै ती मुद्दा खारेज भए र दुई कम्पनीहरु आर्थिक लेनदेनलयायतका विषयमा सहमति गरेर विवादको टुंगो लगाए ।

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार उक्त सम्झौताबाट माइक्रोसफ्टले भन्दा गुगलले बढी फाइदा लिएको थियो । कतिपयले चाहिँ सम्झौताकै कारण गुगलले आफ्ना एन्ड्रोइड एपलाई विन्डोज अपरेटिङ सिस्टमभित्र छिराउन सफल भएको टिप्पणी गरेका छन् ।

माइक्रोसफ्टले हालै सार्वजनिक गरेको विन्डोज ११ मा एन्ड्रोइड एपहरु चल्ने बताइएको छ । त्यसका लागि अमेजन एप स्टोरबाट एन्ड्रोइड एपहरु डाउनलोड गर्नुपर्ने हुन्छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४