Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लामोदुरीका यातायात चल्ने बारे गर्र्यो कठोर निर्णय ! काठमाडौँ उपत्यकामा सबै खालका सवारी साधन चल्ने !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १७ २०७८
  • 7.2K
    SHARES

काठमाडौ । यातायाता व्यावसायीहरुले सोमवारवाट आफै निर्णय गरेर सबै प्रकारका सार्वजनिक सवारी साधन चलाउने भएका छन् । प्रशासनलाई सोमबारबाट सबै खालका गाडि चलाउने जानकारी यातायात ब्यवसायीले दिएका छन् ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिट क्षमता भन्दा माथिका सवारी साधन मात्र चलाउने अनुमति दिएपछि ब्यवसायीहरु सो निर्णय विरुद्ध उत्रिएका हुन् ।व्यावसायीहरुले बिहीबार काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भेटेर प्रशासनको निर्देशन नमान्ने चेतावनी दिएका छन् ।

आफुहरुको माग सुनुवाई नभए सोमवारवाट आफै गाडी चलाउने  चेतावनी दिएका छन् । छलफलका क्रममा उनीहरुले आइतबारसम्म पर्खने र कुनै सुनुवाई नभए निर्देशन अवज्ञा गरेरै भएपनि सबै खालका गाडी चलाउने उनीहरुले बताएका हुन् । जोर बिजोर पद्धतिलाई वास्ता नगरी महामारीको अवस्था हेरेर सोमबारबाट सबै सवारी संचालन गर्ने उनीहरुको भनाइ छ ।

यसअघि उनीहरुले शुक्रबारबाटै लामो तथा छोटो सबै खालका सवारी संचालन गर्ने बताएका थिए । तर सोमवार सम्मका लागि सो निर्णय पनि थाँती राखेका छन् । तर आजको छलफलमा भने तीनै जिल्लाका सिडीओहरुले ३ दिन समय पर्खन अनुरोध गरेकोले पर्खने र सोमबारबाट सावारी संचालन गर्ने नेपाल यातायात मजदुर संघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४