Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राधेश्याम अधिकारी भन्छन् : सिडिओमार्फत् सरकार चलाइँदैछ !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १७ २०७८
  • 1.9K
    SHARES

काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नागरिकले अहिले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता अधिकारीले मुलुकमा  प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत् सरकार चलाउने काम भएको बताए ।

‘आम नेपाली जनताले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको छ । सिडिओमार्फत् सरकार चलाइदैछ । यो कहिलेसम्म जाने हो ?’, उनले प्रश्न गरे । कोरोना महामारीका बेला संसद् विघटन गरेर चुनाव घोषणा गरिएको बारेमा पनि अधिकारीले प्रश्न उठाएका छन् ।

म सोध्न चाहन्छु, निषेधाज्ञा तोडेर निर्वाचनमा जाने भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ?’ अधिकारीले सोधे, ‘विशेषज्ञहरु कोभिडको तेस्रो दौड कात्तिक र मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?’

प्रधानमन्त्रीले जनताको संस्था (प्रतिनिधिसभा) लाई विश्वास नगरेकाले अहिलेको परिस्थिति आइलागेको उनले बताए । आफ्नै पार्टी, सहयोगी र समर्थकलाई विश्वासमा लिन नसक्दा मुलुक आजको यो परिस्थितिमा आइलागेको पनि अधिकारीले बताए ।

‘प्रधानमन्त्रीले आफ्नो पार्टी जोगाउनु भएन । एकीकृत पार्टी विभाजन गर्न पुग्नुभयो । पुरानै पार्टी पनि एकठाउँ राख्न सक्नु भएको छैन । आफ्नो सहयोगी समर्थक समेत समेट्न नसक्नेले हामी प्रतिपक्षी सहित सवैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नुहोला भन्ने भरोसा र विश्वास कम्तिमा मैले त गर्न सकिनँ’, अधिकारीले भने ।

प्रधानमन्त्रीले अरुलाई विश्वासमा लिन नसक्नुकै परिणाम पाँच सदस्यीय काम चलाउ सरकारको नेतृत्व गर्न पुगेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४