Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २० खर्ब डलर नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १५ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । माइक्रोसफ्ट कम्पनी २० खर्ब अर्थात् २ ट्रिलियन डलर बजार मूल्य पुगेको दोश्रो सार्वजनिक अमेरिकी कम्पनी बनेको छ । यसअघि एप्पलले पहिलोपटक २ ट्रिलियन डलर बजार मूल्यको कोशेढुंगा पार गरेको थियो ।

अमेरिका बाहिरको सार्वजनिक कम्पनीमा भने साउदी अरबको अराम्को तेल कम्पनी २ ट्रिलियन डलर बजार मूल्य पूग्ने एकमात्र कम्पनी हो । सन् २०१९ मा शेयर जारी गरेको अराम्कोको बजार मूल्य विगतमा २ ट्रिलियन डलर नाघेको थियो तर अहिलेको बजार मूल्य चाहिँ १.८८ ट्रिलियन डलर छ ।

अघिल्लो वर्षको अगष्ट महिनामा २ ट्रिलियन डलर बजार मूल्य पुगेको एप्पल कम्पनीको हालको बजार मूल्य २.२४ ट्रिलियन डलर पुगेको छ । त्यस्तै अमेजनको मार्केट क्याप १.७७ ट्रिलियन र गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य १.६७ ट्रिलियन डलर रहेको छ ।

मंगलबार शेयर मूल्यमा भएको १.१ प्रतिशतको बढोत्तरीसँगै माइक्रोसफ्टको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो ।

दुई वर्ष अगाडि १० खर्ब डलर बजार मूल्य पुगेको माइक्रोसफ्टले दुई वर्षमै दुई खर्बको बजार मूल्य पुर्याएको छ ।

कोभिड–१९ महामारीले धेरै भन्दा धेरै मानिसहरु अधिकतम समय विद्युतीय उपकरणमै घरभित्र बस्न बाध्य भैरहेको र घरबाटै काम गरिरहेको अवस्थामा माइक्रोसफ्टका कम्प्युटर, गेमिङ सिस्टम र क्लाउड कम्प्युटिङको बिक्री उच्च भएको छ । यसले कम्पनीको व्यापारमा वृद्धिसँगै शेयर मूल्यमा पनि वृद्धि भएको हो ।

सन् २०२० को मार्च महिना यता माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा ६४ प्रतिशतले बढोत्तरी भएको छ ।

गत अप्रिल महिनामा सार्वजनिक तथ्यांक अनुसार माइक्रोसफ्टले जनवरीदेखि मार्चसम्मको त्रैमासिकमा ४१ अर्ब ७० करोडको व्यापार गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

–सीएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४