Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले प्रचण्डपथ अँगाल्यो, देउवाप्रति दया लाग्छ : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १४ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले, नेपाली कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको उनले टिप्पणी गरे ।

मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

उनले अगाडि भने, ‘अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दारहेछन् र पो त काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मै बन्छु अर्को ठाउँमा भने ।’

यो अभिव्यक्ति हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति भएको ओलीको भनाइ छ । हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिंदा पनि न्यायाधीशहरुले रोक्न नसकेको गुनासो गरे ।

ओलीले भने, ‘आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिंदा रोक्ने काम गरेको पाइएन । हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ता जी तपाईं आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर के न्यायमूर्तिहरुले त्यो सुझाव पनि राख्न सक्नु हुन्न र ?’

  • ‘देउवाप्रति दया लाग्छ’

फेरि प्रधानमन्त्री बन्ने चाहनाका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मार्ग छोडेको आरोप ओलीले लगाए । जनताबाट चुनिएर प्रधानमन्त्री बन्नुपर्नेमा अन्तैबाट प्रधानमन्त्री बन्ने प्रयास गरेको भन्दै ओलीले भने, ‘शेरबहादुर जीको प्रधानमन्त्री फेरि हुने उत्कट इच्छाले उहाँले लोकतान्त्रिक मार्ग छोड्दिनुभयो । जनतामाथिको भरोसा छोड्दिनुभयो र केही जालीफटाहाहरु टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो । पार्लियामेन्टबाट भए हुन्थ्यो, अन्तैबाट हुनुपर्यो । जनतामा गएको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट ।’

अहिले चुनावको मिति घोषणा गर्दा कू भन्ने हो भने २०१७ साललाई के भन्ने भनेर उनले प्रश्नसमेत गरे । ‘जनतामा जाने कुरालाई उहाँले कू भन्नुभयो । जनतामा जाने प्रस्ताव कू हो भने १७ सालको चाहिँ के थियो, लोकतान्त्रिक अभ्यास थियो ? नेपाली कांग्रेसले कू भनेको बिर्सिसकेछ । म शेरबहादुर देउवाजीलाई सोध्न चाहान्छु । माघ १९ चाहिं के थियो ?’ ओलीले प्रश्न गरे, ‘उहाँलाई सत्ता हस्तान्तरण गर्याथ्यो ? लोकतान्त्रिक विधिबाट थियो ? एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक तरिकाले अपदस्थ गर्ने आश्विन १८ को घटनाचाहिँ के थियो ? कू थियो कि थिएन ? त्यतिबेर त कू भन्ने शव्द उहाँको मुखबाट आउने हिम्मत त भएन ?’

आफूले संवैधानिक तरिकाले चुनाव घोषणा गर्दा देउवाले माओवादी अध्यक्ष प्रचण्डको भाषालाई आफ्नै बनाएर ‘प्रतिगमन’ भनेको ओलीले टिप्पणी गरे । ओलीले भने, ‘अहिले जनताको बीचमा जाने संवैधानिक कुरा गर्दा चाहिं कू भनेको छ, प्रतिगमन भनेको छ । प्रचण्डको भाषासमेत सापटी लिएर, सापटीमात्र होइन त्यो त उहाँले आफ्नै बनाइसक्नुभयो । दया लाग्छ । एउटा लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको एउटा पार्टी यस ढंगले प्रचण्डपन्थी देखेर अचम्म लाग्छ । यो नहुनुपर्ने हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४