Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्दा ओली मौन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १३ २०७८
  • 2.1K
    SHARES

 काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय गरिएन, स्रोतले भन्यो ।

बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य रहेकाले हदसम्मको लचकता अपनाउनुपर्ने तर्क गरेका थिए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिएका थिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भएको गरिएका निर्णय समेत सम्झाएका थिए । ‘प्रचण्डलाई तपाईंले अध्यक्ष बनाएको होइन, वामदेव गौतमलाई विधानमै नभएको उपाध्यक्ष बनाएको होइन ?,’ गुरुङले भने, ‘अहिले एमालेको एकता आवश्यक छ । माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यहाँसम्म पुग्नुपर्छ ।’

गुरुङले माधव नेपाललाई अर्को अध्यक्ष बनाउन पनि तयार हुनुपर्ने प्रस्ताव गर्दा अन्य नेताहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । तर एकता जोगाउनुपर्छ भन्नेमा नेताहरु सहमत थिए । ‘कसैले पनि पृथ्वीसुब्बा गुरुङले राखेको प्रस्तावमा कुरा राखेनन् । तर विरोध पनि देखिएन,’ एक नेताले भने । अध्यक्ष ओलीले पनि कुनै प्रतिक्रिया जनाएनन् ।

गुरुङले ‘विन–विनको सिचुएसन’ नभई पार्टी एकता नहुने भएकाले आवश्यक परे माधव नेपाललाई प्रधानमन्त्री वा अध्यक्ष बनाउनुपर्ने बताएका थिए ।

आइतबारको बैठकमा पनि उनले मुलुकका निम्ति पनि एमालेको एकता आवश्यक रहेको बताएका छन् ।

बैठकले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । एक नेताका अनुसार पार्टी एकता प्रक्रियालाई प्रभावित नबनाउने गरी बैठकले निर्णय गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४