Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतसँग मित्रता चाहेका हौं, मालिक र गुलामको सम्बन्ध होइन : उपेन्द्र यादव


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 4.2K
    SHARES

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको उनले बताए ।

सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘हामी भारतको मित्र हौं । भारतविरोधी हुन सक्दैनौं, कुनै नोक्सान पनि पुर्‍याउन सक्दैनौं । तर हामी मित्र छौं मित्रकै व्यवहार हुनुपर्छ ।’

नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीहरुकै भएको यादवले बताए । ‘मेरो मित्र हुनुहुन्छ । तपाईंको घरमा मैले खटनपटन गर्न चाहेँ भन्ने स्वीकार गर्नुहुन्छ ? स्वीकार गर्नु हुन्न नि !’ उनले अघि भने,  ‘यस्तो मित्र चाहिँदैन भनेर लठी लिएर आउनुहुन्छ नि ! अहिलेको सवाल यही हो । आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने भन्दै यादवले भने, ‘यो अधिकार छाडेर कस्तो मित्रता हुन्छ ? मालिक र गुलामको सम्बन्ध हुन्छ । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध हुुन्छ । र, यसबाट भारतलाई पनि फाइदा हुँदैन ।’

मित्रता र दासत्वमा फरक रहने भन्दै उनले आफूहरुले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको बताए । आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने भन्दै यादवले भने, ‘यो अधिकार छाडेर कस्तो मित्रता हुन्छ ? मालिक र गुलामको सम्बन्ध हुन्छ । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध हुुन्छ । र, यसबाट भारतलाई पनि फाइदा हुँदैन ।’ मित्रवत सम्बन्ध नै भारतको हितमा हुने उनले बताए ।

आफ्नै पार्टीका महन्थ ठाकुर पक्षका नेताहरु तर्फ संकेत गर्दै उनले विहान साँझ नै (भारतीय) दूतावासमा जाने गरेको बताए । कोही दिल्ली, पटनासमेत गएको भन्दै यादवले यस्ता गतिविधिले भारतको समेत हित नहुने बताए ।

संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने प्रगतिमनकारी कदम कुनै हालतमा स्वीकार्य नहुने यादवले बताए । ‘लोकतन्त्र र संघीयता रहे न मधेसले अरु अधिकार पाउँछ, यो नभए के पाउनु ? लडाई यहीँ छ’ पार्टीको विवादतर्फ संकेत गर्दै उनले भने, ‘उनीहरुले हँ मालिक, फलानोले त विरोध गर्छ । नोट ल्याउनुस्, हामी उसलाई ठीक पार्छु भन्न सक्छ । यसले केही हुँदैन ।

जनता समाजवादी पार्टीमा आफूहरु संघीयता, लोकतन्त्र र राष्ट्रको हितमा खडा भएको भएको भन्दै यादवले आफूहरु कसैको विरोधी वा पक्षधर नभएको बताए । ‘जसलाई गुलाम बन्नुछ बनोस्, हामीलाई केही भन्नु छैन’ उनले भने, ‘हामी नो प्रो चीन, नो प्रो इन्डियन । हामी त प्रो नेपाली, प्रो मधेसी ।

प्रधानमन्त्री ओलीले एउटासँग अर्कोको विरोध गर्ने गर्दा देशले दुःख पाएको उनले बताए । एमाले अध्यक्षसमेत रहेका ओलीले संसदमा उभिएर सत्यमेव जयतेलाई सिंहमेव जयते भारतीय विस्तारवादी भनेर भाषण गरेको स्मरण गर्दै यादवले भने, ‘आज ओली कसरी उनको मित्र भए ? यो गजब छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४