Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जब अन्तरीक्षमै निदाए चिनिया अन्तरीक्ष यात्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 3.6K
    SHARES

बुधबार चिनिया अन्तरीक्ष स्टेसनमा गएका ३ जना अन्तरीक्षयात्रीहरु निए हुइसेङ, लिउ बोमिङ र ताङ होङबोको भिडियो फुटेज सार्वजनिक भएको छ । जसमा तिनैजना अन्तरीक्षयात्रीहरु हावामा उडिरहेका खानाका डिब्बाहरुको बीचमा बसेका र सुत्ने तयारी गर्दै गरेका देखिएका छन् ।

वास्तवमा ती तीनजना चिनिया अन्तरीक्ष यात्रीहरुको एउटा मुख्य काम भने दिउँसोको समयमा सुत्नु पनि रहेको छ ।

उक्त भिडियो ती तीनजना अन्तरीक्ष यात्रीहरुको तियान्हे स्पेस मोड्युलमा उनीहरुको अन्तरीक्ष बसाइको पहिलो २४ घण्टाको हो । अन्तरीक्ष स्टेसनमा उनीहरु ३ महिनासम्म बस्नेछन् ।

यसअघि सन् २०१६ मा चीनले सेन्जु स्पेस मिसन प्रक्षेपण गरेको थियो । जसमा पठाइएका अन्तरीक्ष यात्रीहरु ३३ दिनसम्म अन्तरीक्ष स्टेसनमा बसेका थिए ।

पछिल्लो करीब ५ वर्षमा यी चीनको पहिलो मानवयुक्त मानव मिसन हो र यो अहिलेसम्मकै सबैभन्दा लामो स्पेस मिसन पनि हो ।

चीनले गत जून १७ मा ती तीनजना अन्तरीक्ष यात्रीहरुलाई सेन्जु १२ अन्तरीक्ष उडानका माध्यमबाट अन्तरीक्षमा निर्माण भइरहेको आफ्नो अन्तरीक्ष स्टेशनमा पठाएको थियो ।

बिहान ८ देखि राति ९ बजेसम्म काम

चीनको सरकारी सञ्चार माध्यम सेन्ट्रल चाइना टेलिभिजनमा प्रशारण गरिएको उक्त भिडियो अनुसार ती अन्तरीक्ष यात्रीहरुको काम बिहानै ८ बजे ग्राउण्ड कन्ट्रोलसँग कुराकानी गरेसँगै सुरु हुन्छ । त्यसपछि उनीहरु रातको ९ बजेसम्म काम गरिरहन्छन् र दिनको अन्त्यमा दिनभरको कामको अपडेट दिन्छन् ।

सरकारी प्रशारकका अनुसार यी अन्तरीक्ष यात्रीहरुलाई हरेक हप्ता १ दिन विदा दिइन्छ ताकी उनीहरुमा राम्रो हौसला मिलोस् ।

बुधबार चिनिया राष्ट्रपति सी जिनपिङले अन्तरीक्षयात्रीहरुसँग पाँच मिनेट कुराकानी गरे र उनीहरुको कामका लागि धन्यवाद ज्ञापन गरे ।

साउथ चाइना मर्निङ पोष्टमा छापिएको एक रिपोर्ट अनुसार राष्ट्रपति सीले अन्तरीक्ष यात्रीलाई भनेका थिए, ‘३ महिना तपाईंहरुले अन्तरीक्षमा बिताउनुहुनेछ । जबसम्म तपाईंहरुले त्यहाँ आफ्नो काम गरिरहनुहुन्छ तपाईंको काम तथा जीवन चिनिया नागरिकहरुको मनमुटुमा रहनेछ ।’

राष्ट्रपतिले अघि भने ‘तर्पांहरु ती मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ जसले एक नयाँ युगमा चिनियाँ अन्तरीक्ष उद्योगलाई अगाडि बढाउन चाहन्छन् । मलाई आशा छ कि तपाईंहरु एक आपसमा मिलेर काम गर्नुहुनेछ र अन्तरीक्षमा आफ्ना सबै काम पूरा गर्नुहुनेछ ।’

चिनिया अन्तरीक्ष उद्योगका लागि अन्तरीक्ष स्टेसन निर्माण गर्नु कोशेढुंगाको रुपमा रहेको भन्दै उनले यसमार्फत् अन्तरीक्षबाट प्राप्त हुने जानकारीहरुलाई मानवताका लागि शान्तिपूर्ण प्रयोग गर्न सहयोग पुग्ने बताए ।

अन्तरीक्षयात्रीहरुसँग कुराकानी गर्नुअघि चिनिया राष्ट्रपतिले स्पेस स्टेसनको कोर मोड्युल, सेन्जु १२ अन्तरीक्ष उडान र अन्तरीक्षयात्रीहरुको कामको भिडियो लिंकमार्फत हेरेका थिए ।

उक्त भिडियोमा ३ जना अन्तरीक्ष यात्रीहरुले रोबोटिक हातको साथ तयारी गरिरहेको देखिन्छ । उनीहरुले मोड्युलमा काम गर्नका लागि आफ्नो एक्स्ट्राभेहिकुलर स्पेस सुटको जाँच गरिरहेको देखिन्छ । समाचार एजेन्सीका अनुसार उक्त रोबोटिक हात १५ मिटरसम्म लामो हुनसक्दछ । उक्त रोबोटिक आर्मलाई सैन्य प्रयोजनमा प्रयोग गर्न सकिने विषयलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गर्दै आएको छ ।

निए हुइसेङ र उनको टोलीले उक्त रोबोटिक आर्मका माध्यमबाट स्पेस स्टेशन बनाउने र त्यसको रेखदेख गर्ने काम गर्नेछन् ।

यसअघि पनि चीनले यस्ता कैयन् स्याटेलाइट लञ्च गरेको छ जसमा रोबोटिक आर्म लगाइएको थियो । त्यसको माध्यमबाट अन्तरीक्षमा फैलिरहेको फोहोर जम्मा गर्ने तथा त्यसलाई पृथ्वीको वायुमण्डलमा पठाएर जलाउने काम गरेको थियो ।

यस अन्तरीक्ष मिसनका क्रममा कमान्डर निए हुइसेङ र उनको टोलीको पहिलो उद्देश्य भनेको साढे २२ टनको तियान्हे मोड्युललाई कामयाबी बनाउनु हुनेछ । यस अन्तरीक्ष मिसनले अन्तरीक्षमा चीनको बढ्दो आत्मविश्वास तथा क्षमताको प्रदर्शनका रुपमा पनि हेरिएको छ ।

पछिल्लो ६ महिनामा चीनले अन्तरीक्षमा दुईवटा कठीन तथा जटिल अभियान सम्पन्न गरेको छ । त्यसमा चन्द्रमाको सतहबाट माटो तथा चट्टानको नमूना पृथ्वीमा ल्याउनु र ६ वटा पांग्रायुक्त चुरोङरोबोटलाई मंगल ग्रहको सतहमा उतार्ने अभियान समावेश छन् ।

पछिल्लो समय चीनले आफ्नो अन्तरीक्ष कार्यक्रममा लगानीमा वृद्धि गरेको छ । सन् २०१९ मा चीन चन्द्रमाको अँध्यारो भागमा पहिलो मानवरहित रोबोर अवतरण गराउने पहिलो देश बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४