Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज लागूऔषध दुरुपयोग विरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 2K
    SHARES

काठमाडौं । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदैछ । नेपालमा यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीनदिने कार्ययोजनासहित विविध कार्यक्रम संचालन भइरहेका छन् ।

यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share acts on Drugs, Save Lives तय गरिएको छ ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत

संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागूऔषध प्रतिवेदन २०२१ ले लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै गइरहेको देखाएको छ ।

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत आकलन गरिएको छ ।

नेपालमा लागूऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागूऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४२४ पुगेको आकलन छ जुन कुल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो ।

दिवसको अवसरमा सन्देश जारी गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागूऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् ।

यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको छ । नेपालको जनसांख्यिक लाभको रुपमा रहेको युवा समुदायलाई लागूऔषध नियन्त्रणको अभियानमा सरिक गराउन यस दिवसले प्रेरणा दिने मन्त्री पौडेलको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४