Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर थपिए २,४७६ कोरोना संक्रमित, २७ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ११ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जना गरी २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यस्तै ५ हजार ४५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । तीमध्ये ८ हजार ९४५ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख ७६ हजार ४१३ संक्रमणमुक्त भएका छन् ।

हाल देशभर रहेका ४५ हजार ७९४ जना सक्रिय संक्रमितमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ८८४ जना छन् । तीमध्ये ७१४ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कहाँ कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४२७ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३ जना छन् ।

यस्तै मोरङमा ९७, सुनसरीमा ९४, गुल्मीमा ५३, झापामा ४७, सिन्धुपाल्चोकमा ४४ र मकवानपुरमा ४० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । चितवनमा ३६, सल्यानमा ३५, लमजुङमा ३४, सर्लाहीमा ३१, गोरखामा २९ र पर्वतमा २५ जना संक्रमित थपिएका छन् । यसैगरी रुपन्देही र कैलालीमा २३/२३ र नवलपरासी पूर्वमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४