Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाका वकिलको बहस आज सकिँदै, साढे चार घण्टामा २३ जनाले गर्नेछन् बहस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ११ २०७८
  • 3.7K
    SHARES

काठमाडौँ / प्रतिनिधिसभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस आज सकिदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको  संवैधानिक इजलासमा बुधवारदेखि बहस सुरू भएको थियो। 

आज देउवाको रिटपक्षका वकिलले बहस गर्नेछन्। उनीहरूलाई अदालतले दिएको सुरू बहसको १२ घण्टा समयमध्ये अब साढे ४ घण्टा बाँकी छ। 

आजको बहस बरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले सुरू गर्ने छन् भने अन्तिममा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेलको बहस छ। 

अधिवक्ता गोविन्द बन्दीका अनुसार आज उनीहरू बाहेक अधिवक्ताहरू सुनिल पोखरेल, दिनमणि पोखरेल, टिकाराम भट्टराई, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल र बरिष्ठ अधिवक्ता सविता भण्डारी सहित २३ जनाले बहस गर्नेछन्। 

२३ जना वकिललाई तीनदेखि तीस मिनेटसम्मको समय छुट्याइएको छ। अन्तिममा बहस गर्ने वरिष्ठ अधिवक्ता खरेलले मात्र तीस मिनेट बहस गर्न पाउनेछन्। अरूले भने कसैले तीन कसैले पाँच कसैले दश र कसैले १५ मिनेट समय पाएका छन्।

अदालतले उनीहरूलाई सुरू बहस गर्न १२ र जवाफी बहसका लागि ३ घण्टा समय दिएको थियो। त्यो मध्ये सुरूको १२ घण्टामा साढे सात घण्टाको समय सकिएको छ। बाँकी साढे ४ घण्टा छ। 

आइतबारदेखि यो रिटमा महान्यायाधीवक्ता कार्यालयका वकिलको बहस हुनेछ। उनीहरूले भने साढे सात घण्टामा ११ जनाले बहस गर्नेछन्। त्यसपछिको साढे सात घण्टा प्रधानमन्त्री केपी शर्मा र सभामुख अग्नी सापकोटाका वकिलले बहस गर्ने पालो आउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४