Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पौडेलले आज आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ११ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । काठमाडौं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले शुक्रबार दिउँसो बैठक बोलाएका हुन् । ‘वरिष्ठ नेताज्यूले आज दिउँसो छलफलका लागि बोलाउनुभएको छ,’ काँग्रेस केन्द्रीय सदस्य जीवन परियारले भने, ‘महाधिवेशनकै बारेमा छलफल हुन्छ ।’

काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ।

नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताएका छन् । पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलाएका थिए तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिन तयारी तीव्र पारेका छन् । उनले पहिलो चरणमा आफूनिकट केन्द्रीय सदस्यसँगको छलफल सकेको छन् । त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन् । उनले सभापतिका आकांक्षीसँगको भेटघाट बढाएका छन् भने युवा नेताहरुसँग छलफल गरेका छन् ।

काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरेको छ । अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४