प्रदर्शनका सहभागीहरुले सेतो कपडामा हस्ताक्षर गर्दै अभियान प्रति एक्यवद्धता जनाएका थिए ।
दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधान थरकी एक महिलाले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् ।
रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् । पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि मन्त्री श्रेष्ठको चर्को आलोचना सुरु भएको छ ।
नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला पनि दहन गरेका छन् । प्रहरीले पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो ।











