Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परिस्थिति गम्भीर भएकैले पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य दिएका हौं : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 2.2K
    SHARES

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका छन् ।

विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सामूहिक वक्तव्य निकालेर नेपालका बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका थिए ।

यहाँ प्रत्यक्ष वा परोक्ष विदेशी चलखेल हुन नपाओस् भनेर हामीले अपिल गरेका हौं’ उनले भने, ‘परिस्थिति गम्भीर नभई त्यो गरेको होइन ।’

मुलुकको पछिल्लो अवस्थाबारे नागरिकलाई जानकारी गराउनै पर्ने भएको भन्दै प्रचण्डले पाँच पूर्वप्रधानमन्त्रीले त्यसलाई आफ्नो जिम्मेवारी ठानेको बताए ।

‘हामी छिमेकीसँग राम्रो अपिल होस् भन्ने चाहन्छौं । तर अनावश्यक चलखेल हामीलाई सह्य छैन’ उनले भने, ‘नेपालको मनोविज्ञान नेपालको संस्कार त्यस्तो होइन ।’

लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने प्रचण्डले बताए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे ।

‘हामी उस्तै उस्तै हो र, फन्डामेन्टल्ली फरक छैन र ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४