Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 3.6K
    SHARES


 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो ।

  • को को भए नियुक्त ?
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • हरि पौडेल, सदस्य
  • सुमित्रा श्रेष्ठ, सदस्य
  • लोकसेवा आयोग
  • माधवप्रसाद रेग्मी, अध्यक्ष
  • माधव बेल्बासे, सदस्य
  • वीरबहादुर राई, सदस्य
  • दिनेश सिलवाल, सदस्य
  • मञ्जुकुमारी, सदस्य
  • निर्वाचन आयोग
  • सगुनशम्शेर जबरा, सदस्य
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
  • विपिनराज निरौला, सदस्य
  • राष्ट्रिय महिला आयोग
  • जया घिमिरे, सदस्य
  • सावित्राकुमारी शर्मा, सदस्य
  • सुन्दर पुर्कोटी, सदस्य
  • राष्ट्रिय समावेशी आयोग
  • रामकृष्ण तिमल्सेना, अध्यक्ष
  • पुष्पराज तिमिल्सिना, सदस्य
  • मानप्रसाद खत्री, सदस्य
  • आदिवासी जनजाति आयोग
  • सुर्यबहादुर गुरुङ, सदस्य
  • मधेसी आयोग
  • आभाकुमारी, सदस्य
  • थारु आयोग
  • उमाशंकर प्रसाद चौधरी, सदस्य
  • शान्ति मोदी, सदस्य
  • मुस्लिम आयोग
  • मोहम्मद समशुल हक, सदस्य

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४