Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुरमा बजेट पेश हुन सकेन, मेयर नै अल्पमतमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 2.8K
    SHARES

एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार


काठमाडौं । ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन् । बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन् ।

ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट बहिस्कार गरेको बताए । ललितपुरको नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश भएको थियो । मेयर चिरिबाबु महर्जनले छलफल नगरी पारित गर्ने अडान राखेको भन्दै एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।

‘नीति तथा कार्यक्रम कम्तीमा अध्ययन गर्न त दिनुपर्‍यो नि’ वडाध्यक्ष महर्जन भन्छन्, ‘मेयर सा’बले बलमिच्याईं गर्न खोज्नुभयो, अझ दुःखको कुरा त उहाँले मनमै चसक्क हुने गरी एउटा कुरा भने पछि हामी बाध्य भयौं ।’ मेयर महर्जनले ‘छलफल गर्ने भए अर्को चुनाव जितेर आउनु’ भनेको वडाअध्यक्ष महर्जनको भनाइ छ ।

  • मेयर–उपमेयर अल्पमतमा

ललितपुरमा मेयर, उपमेयर र १० वटा वडाका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । त्यस्तै एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

नगर कार्यपालिकाका ३९ सदस्यीयमध्ये २६ जना मेयरको विपक्षमा रहेको वडा नम्बर ३ का वडाध्यक्ष महर्जन बताउँछन् । मेयरको पक्षमा १३ जनामात्रै छन् ।

नगर कार्यपालिकामा मात्र होइन नगरसभामा पनि मेयर महर्जनको बहुमत छैन । वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार ललितपुरमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले सँगै नगरसभा बहिस्कार गरेको बताए । नगरसभामा बहुमत नभएका कारण बुधबार नगरसभामा पेश भएको नीति तथा कार्यक्रम पनि पारित भएको छैन ।

  • केहीबेर पर्खने

बिहीबार ११ बजेका लागि बोलाइएको नगर सभा बैठकमा बहुमत सदस्य नआउने जानकारी पाएपछि मेयर महर्जनले केही घण्टाका लागि बैठक स्थगित गरेका छन् । यसबीचमा उनले सहमतिका लागि छलफल सुरु गरेका छन् । ‘केहीबेर हेरौं त्यसपछि पनि नआए बजेट सार्वजनिक गर्ने हो भन्नुभएको छ’ मेयर निकट एक कार्यपालिका सदस्य भन्छन्, ‘अहिले फोन घुमाइरानु भा‘छ, फोनले कति काम गर्छ हेरौँ, कुरा मिले पनि नमिले पनि बजेट आजै आउँछ ।’

उपमेयर गीता सत्यालले भने नीति तथा कार्यक्रम पारित नभएकाले बजेट अर्को दिन पनि आउन सक्ने बताइन् । ‘अहिले नीतिकै विषयमा छलफल भइरहेको छ, बजेट अर्को दिन होला,’ उनले छाटो प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४