Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपक्षी गठबन्धनले सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 3K
    SHARES

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दैछन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।

विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेस सभापति देउवा निवासमा बुधबार साँझ बसेका पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । ‘उनीहरुको सल्लाह अनुसार पाँच दलीय गठबन्धनले आगामी कार्यक्रमहरु तय गर्नेछ,’ नेता खाँणले भने ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सरकारमाथि दवाव बढाउने रणनीति लिएका छन् ।

सोही रणनीति अनुसार जनपरिचालनका कार्यक्रम गर्ने निर्णयसमेत उनीहरुले गरेका छन् । त्यसअन्तर्गत विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा संयुक्त विरोध कार्यक्रम गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४