Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ९ २०७८
  • 3.9K
    SHARES

२०७८ असार ९ गते, बुधवार, २३ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष, त्रयाेदशी तिथि (प्रातः ५ः१३ बजेदेखि चतुर्दशी), अनुराधा नक्षत्र (प्रातः १०ः५५ बजेदेखि ज्येष्ठा), चन्द्रराशि– वृश्चिक।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आँटेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

माहोल रमाइलो रहनेछ। प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा चिताएको काम रोकिन सक्छ। शुभचिन्तकहरूले साथ दिन छाड्नेछन्। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउन सक्छ, सजग रहनुहोला। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ। 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नै सक्रियताले मात्र दिगो लाभ उठाउन सकिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले फाइदा दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर आए पनि बेलामा होस नपुर्याउँदा समस्या आउनेछ। आत्मविश्वासको कमीले पछि परिनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिने हुँदा सञ्चित रकम खर्चनुपर्ला। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। शुभचिन्तकलाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

ढिलै भए पनि रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, हिसाबकिताबमा होसियार रहनुहोला। सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा विलम्ब हुनेछ। आलस्य गर्ने बानीले पनि अलि पछि परिनेछ। 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। खर्च लागे पनि कामको जग बसाउने मौका छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। 

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
#
नेपाली पात्रोबाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४