काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् ।
संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिक्रिया दिंदै अधिकारीले जेठ ७ गते नै प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भनिसकेको बताए ।
यो सरकार पहिला नै कामचलाउ थियो, उनले त्यतिबेला थपक्क राजीनामा गरेर बस्नुपर्नेमा संसद् विघटनतर्फ लागे,’ अधिकारीले भने, ‘पहिला नै कामचलाउ भएको सरकारले ३–३ उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने काम भयो, आज अदालतले त्यसलाई खारेज गरेको छ ।’