Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपसँगै भावी आईजीपीको खेलमा परिवर्तन !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ८ २०७८
  • 2K
    SHARES

काठमाडौं । सरकारले नेपाल प्रहरीमा एआईजीको एक  दरबन्दी थप्ने निर्णय गरेसँगै भावी आईजीपीको  बारेमा जोड घटाउ शुरु भएको छ।

सोमबार मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा एक एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपाल प्रहरीमा अब  प्रशासनतर्फ एआईजीको दरबन्दी  संख्या पाँच पुगेको छ। 

नेपाल प्रहरीमा कार्य एवं अपराध अनुसन्धान विभाग, मानवश्रोत एवं प्रशासन विभाग, महानगरीय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी चार वटा कार्यालयमा एआईजीको दरबन्दी रहेको छ ।

त्यसैगरी प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ । प्रहरी प्रधान कार्यालयले थपिएको दरबन्दीको लागि बढुवा प्रक्रिया अगाडि बढाएको छ।

गृहमन्त्रालयमा बस्ने बढुवा समितिको बैठकले अब एक जना डिआईजीको एआईजीमा बढुवा सिफारिस गरी मन्त्रिपरिषदमा पठाएपछि बढुवाबारे निर्णय हुने छ  ।

यससँगै भावी आईजीपीको खेलमा पनि खेलमा पनि परिवर्तन हुने अवस्था देखिएको छ। हालका आईजीपी शैलेश थापा क्षेत्रीले नौ महिनापछि अवकाश पाउनेछन् ।

त्यो अवस्थामा विश्वराज पोखरेल आईजीपीका एक्ला दाबेदार रहेका भए पनि दरबन्दी थप भएपछि आईजीपीमा अब बढुवा हुने एआईजीसहित दुईजनाको प्रतिस्पर्धा हुनेछ ।

पोखरेल अस्वभाविक रुपमा बढुवा भएका थिए। पोखरेलले राजनीतिक चलखेल गरी आफ्ना ब्याची र सिनियर एसएसपीहरुलाई उछिनेर डिआईजीमा बढुवा भएका थिए।

जसका कारण प्रहरीको ‘चेन अफ कमाण्ड’ मा समस्या आएको भन्दै प्रहरी नेतृत्वको चर्को आलोचना भएको थियो।

अब एक एआईजीमा बढुवाका लागि डिआईजीहरु घनश्याम अर्याल, सहकुल थापा, धिरजप्रताप सिंह, बसन्त लामा, रवीन्द्र धानुक, उत्तम सुवेदी, अरुण बिसी, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, वसन्त कुमार पन्तलगायतका डिआईजीहरुबीच प्रतिस्पर्धा हुने छ।

यी मधे ईश्वरबाबु कार्की,  प्रकाशजंग कार्की, घनश्याम अर्याल र  वसन्त कुमार पन्त आईजीपी शैलेश थापा क्षेत्री सँगै घर जाने भएका कारण उनीहरुमध्येबाट बढुवा हुने संभावना देखिदैन।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकुल थापा, धिरजप्रताप सिंह, बसन्त लामा, रवीन्द्र धानुक, उत्तम सुवेदी र अरुण बिसीमधेबाट एक जना एआईजी बन्नेछन्।  यी मध्ये पहिलो नम्बरमा रहेका सहकुल थापा र दोस्रो नम्बरमा रहेका धिरप्रताप सिंहबीच कडा प्रतिष्पर्धा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४