Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको भ्याकेटमा सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ८ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले रिट निवेदकलाई पनि बोलाउन आदेश दिएको हो । उक्त मुद्दामा बहस गरेका अधिवक्ता ईश्वरी भट्टराईका अनुसार दुवै पक्षलाई बोलाउन आदेश दिए पनि अर्को पेशी तोकिएको छैन ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

त्यस निर्णयविरुद्ध सांसदहरुले दिएको रिटमा सर्वोच्चले एमालेको दशौं महाधिवेशन आयोजक समितिले गरेको कारबाहीलाई अमान्य ठहर गर्दै सांसदहरुलाई पुनर्बहाली गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४