Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोले थुनियो मर्स्याङदी नदीः चामे बजार जोखिममा :


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ५ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । तीन दिनदेखि लगातार परेको वर्षापछि आएको पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ । मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने स्थानमा पहिरो खस्दा नदीको बहाव पूर्ण रुपमा थुनिएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नदीको बहाव थुनिएपछि सदरमुकाम चामे आधाजति डुबेको छ । निरन्तर वर्षा भइरहेको र पानीको बहाव अझै बढ्न थाले चामे बजारपूर्ण रुपमा डुब्ने जोखिममा रहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । माथिबाट झरेको पहिरो, ढुङ्गा माटो र काठ दाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ ।
अहिलेसम्म केही सरकारी कार्यालय, विद्यालय र केही घरहरु डुबिसेकेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी सारदा चालिसेले जानकारी दिइन् । चामेको पारिपट्टिको भाग
डुबानमा परेको छ । सिङ्गो चामे बजार जोखिममा परेको प्रशासनले जनाएको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिज समेत कटान गरेको छ ।

थुनिएको नदी बम विस्फोट गराएर खुलाउने तयारी भइरहेको छ । नेपाली सेनाको विस्फोटक टोलीले नदी खुलाउने तयारी गरे पनि निरन्तर पानी परेकाले समस्या उत्पन्न भएको प्रशासनले जनाएको छ ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४